काठमाडौं कुराँसमा जय

Manoj Shiama
22 July, 2017 12:03 am


काठमाडौं जिल्ला कुराँस संघको पहिलो साधारणसभाले जय गुरुङको अध्यक्षतामा २० सदस्यीय जिल्ला कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका सदस्य समेत रहेका गुरुङको अध्यक्षतामा चयन कार्यसमितिको उपाध्यक्षमा सन्तोष कुँवर र दिलिप थापा मगर, सचिवमा गणेशकुमार मिश्र तथा कोषाध्यक्षमा कृष्ण गुरुङ रहेका छन् ।
सुरज थापा, अमिर बिडारी, अजय कुइकेल, सुशील अधिकारी, शेखर राउत, नवीन खत्री, आशुतोषजंग थापा, कुमार चालिसे, आकाश खड्का, मोहनकृष्णा सापकोता, विमल तामाङ, पवन लामा, राम खड्का, जनक श्रेष्ठ र उज्ज्वल तामाङ सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल कुराँस संघका केन्द्रीय अध्यक्ष दानबहादुर घिसिङ, बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठलगायतले सफल कार्यकालका लागि शुभकामना दिए । सो अवसरमा हेल्थी होमले कुराँस खेलाडीका लागि कुराँस संघलाई १० थान ट्रयाकसुट उपलब्ध गराएको थियो ।