सेनाम र बलराम टर्की जाने

Manoj Shiama
22 July, 2017 12:22 am

 सेनाम छिरिङ लामा र बलराम कार्की २३ औं बहिरा समर ओलम्पिकमा सहभागी हुन शनिबार टर्कीको साम्सन प्रस्थान गर्दैछन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार त्रिपुरेश्वरमा बिदाइ गरे । सेनामले करातेको पुरुष ६७ केजीमुनि र एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । बलरामले एथलेटिक्सतर्फ पुरुष २ र ८ सय मिटर दौडमा भाग लिने छन् । ओलम्पिक जुलाई १८ देखि सुरु भएपनि उनीहरुको स्पर्धा जुलाई २३ तारिखदेखि सुरु हुनेछ ।