श्रेष्ठलाई छैठौ डान
नेपाल आइटीएफका उपाध्यक्ष तथा मुख्य प्रशिक्षक अन्जुनाथम श्रेष्ठले छैठौ डान पाएका छन् । उनले आइटीएफm मास्टर पाक चोलमिनबाट छैठौ डान पाएका हु्न् । नेपाल मार्सल आट्स गेम्स कमिटीका समेत उपाध्यक्ष रहेका श्रेष्ठ सन् २००९मा ग्रान्डमास्टर पाउलकटलरबाट पाचौ डान पाएका थिए । उनी अन्तराष्ट्रिय इन्स्ट्रक्टर तथा ए क्लास अम्पायर समेत हुन् । उनी सन् २०१५ मा आइटीएफबा बुल्गेरियामा भएको १९ औ बिश्व आइटीएफ तेक्वान्दो च्याम्पियनसीपका लागि अम्पायर छनोट भएका थिए । यसै बर्षको सेप्टेम्बरमा कोरियामा हुने आइटीएफ बिश्व च्याम्पियनसीपका लागि पनि उनी अम्पायर छनोट भइसकेका छन् ।
नेपालमा लामो समय अध्यक्षको भुमिकामा रहेका श्रेष्ठकै कार्यकालमा सन् २०१४ मा नेपालमा सातौ एसियन तेक्वान्दो च्याम्पियनसीप आयोजना भएको थियो ।
सन् १९९९ मा आइटीएफमा आबद्ध श्रेष्ठ भन्दा अघि राजकमाुर थापा र कृष्ण बलालाले छैठौ डान पाएका थिए । आइ६ीएफको विकास र विस्तारमा समर्पीत श्रेष्ठले मार्सल आर्टका अन्य बिधा कीक बक्सीङ, बक्सीङ र डब्लुटीएफ पनि जानेका छन् । नेपाल आइटीएफका पूर्व अध्यक्ष कृष्ण बलालले श्रेष्ठ सहित हालै सम्पन्न भएको ग्रेडिङबाट चौथो र पाचौ डान पाउने सबै जना तथा अध्यक्ष अन्जन धमला सहित आइटीएफ परिवार बधाइको पात्र भएको प्रतिक्रिया दिएका छन् । साथै उनले उज्वल भबीश्यको कामना गरेका छन् ।