धनगढीबाट कराते टोली भारततर्फ
आसन्न सोमबार देखि बिहिबारसम्म इन्डियन मार्सलआर्ट सस्थांन जयपुरको आयोजनामा भारत को जयपुर शहरमा आयोजना हुने दोस्रो आइएमएएस अन्तरराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन नेपाली टोली त्यसतर्फ प्रश्थान गरेको छ । सो टोली २३ साउन देखि अन्तराष्ट्रिय शोतोकाइ महासंघको आयोजनामा हुने तेस्रो अन्तरराष्ट्रिय शोतोकाइ कपमा पनि सहभागी हुने छ । सो टोलीलाई पूर्व उधोग मन्त्रि तथा ने.क.पा. एमालेका खेलकुद बिभाग प्रमुख कर्ण बहादुर थापाले बिदाई गरे । सुदुर पशिमान्चल गोजुरियो कराते संघका सस्थापक अध्यक्ष नारदमुनी रानाको सभापततीत्वमा धनगढीमा विदाइ कार्यक्रम भएको हो । अमृतसरमा हुने गइरहेको प्रतियोगितामा टिम कुमुतेका बिजेता टोलीले ८० हजार रुपैया र उप बिजेता टिमले ४८हजार तथा तेस्रो हुने टिमले २५हजार रुपैया पाउने छन् । साथै फ्रि स्पर्धामा स्वर्णलाई २५हजार रजतलाई १८ हजार र काश्यलाई १२ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।
अन्तराष्ट्रिय निर्णायक प्रकाश चन्दको नेतृत्वमा राष्ट्रिय गोजुरियो कराते संघको टिममा २८ जना रहने छन् । टोली ब्यबस्थापक बियसओड रहने छन् । प्रतियोगितामा राष्ट्रिय प्रतियोगिताहरु मा पदक जितीसकेका खेलाडीहरुको उपश्थिती छ । टोलीका खेलाडीमा लाल बहादुर राना ,सुरज कुस्मी ,पवन साहु ,कोमल वोली ,भरत शर्मा ,सन्तोष बि.क.,भरत बि,क. नरेन्द्र गुरुङ लगायतका खेलाडीहरु रहेका छन् ।