काठमाडौं टिम च्याम्पियन


काठमाडौंले सातौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ९ स्वर्ण, ८ रजत र १७ कांस्यसाथ काठमाडौं टिम च्याम्पियन बन्यो ।नेपाल गोजुरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ५ कांस्य जितेको सिन्धुपाल्चोक दोश्रो भयो । तेश्रो स्थानको बाग्लुङले ४ स्वर्ण, ५ रजत र ५ कांस्य हात पा¥यो ।
काठमाडौंका लागि पुरुषतर्फ खुला तौलसमूहमा विजयी तामाङ, सिनियर ६० केजीमा रमेश तामाङ, जुनियर ५५ केजीमा सागर घलान, जुनियर ४५ केजीमा लाक्पा दोर्जे घलान र क्याडेट ९–१० वर्षमा अनिश नेपालीले स्वर्ण जिते ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको कभर्डहलमा प्रतियोगिताको महिलातर्फ सिनियर खुलामा सिम्रन घले गुरुङ, जुनियर ५० केजीमा आरती तामाङ, जुनियर ४५ केजीमा रेश्मा तामाङ तथा क्याडेट ११–१२ वर्षमा प्रीतिका पोखरेलले काठमाडौंलाई स्वर्ण दिलाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, गोजुरियो संघका महासचिव बिआर मित्र, जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्का, गोजुरियो संघका सचिव एवं प्रतियोगिता संयोजक सानुबाबु गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा २३ जिल्लाका ३ सय ५० खेलाडीले विभिन्न ४८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

Comment