नेपाली कराते खेलाडीलाई भारतमा सफलता
दोश्रो आइएमएएस कराते प्रतियोगितामा नेपाली खेलाडीले पाच स्वर्ण पदक हात पारेका छने । धनगढीबाट राष्ट्रिय गोजुरियो करातेको प्रतिनिधीत्व गर्दै त्यहाँ पुगेका खेलाडीले ६ रजत र चार काश्य पदक पनि जितेका छन् । स्वर्ण जित्न सफल खेलाडीमा राम बिके, लक्ष्मण विके, लक्ष्मण पुन,कोपल वली र सुरज कुश्मी रहेको प्रशिक्षक प्रकास चन्दले बताएका छन् । यसैगरी, रजत पदक जित्ने खेलाडीमा भरत विके, शेर बहादुर विष्ट, भरत शर्माअर्जुन थापा ,सन्तोष विके र पवन साहु रहेका छन् ।
काश्य पदक पाउने खेलाडीमा सुरज साउद, हिमाल साउद,आकास साहु र नरेन्द्र गुरुंग रहेका छन् । प्रतियोगितामा नेपाल सहित अफगानीस्तान, नाइजेरिया, श्रीलंका, भारत र बंगलादेशका १७ सय खेलाडीको सहभागिता रहेको जनाइएको छ । प्रतियोगिताम ालाल बहादुर राना र बिएस वडले रेफ्रिको भुमिका निर्वाह गरेका थिए । प्रकास चन्दले मुख्य रेफ्रिको भुमिका निर्वाह गरेका थिए । नेपाली टोली अर्को प्रतियोगिताका लागि जयपुरबाट अमृतसर प्रश्थान गरेको छ ।