प्रहरी र आर्मीलाई स्वर्ण


नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले राष्ट्रव्यापी जुनियर तथा भेट्रान टेबलटेनिस प्रतियोगिताको टिम स्पर्धामा शुक्रबार स्वर्ण जितेका छन् । प्रहरी पुरुष र आर्मी महिलामा पहिलो भयो । सुनसरीको धरानमा भएको पुरुष फाइनलमा प्रहरीले आर्मीलाई ३–० ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा आर्मीले ललितपुरलाई ३–० ले नै हरायो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले एक कार्यक्रमबीच उद्घाटन गरे । शनिबारसम्म चल्ने प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment