बोरिस र समृद्धि यु–८ सिंगल्स च्याम्पियन
बोरिस अधिकारी र समृद्धि महर्जनले प्रथम एनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको पहिलो दिन शनिबार यु–८ सिंगल्समा स्वर्ण जितेका छन् । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोरिसले निसाद जोशीलाई ७–१०, १६–१४ र १०–६ को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा समृद्धिले सुप्रिया तामाङलाई १०–६ र १०–५ ले हराइन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा संरक्षकभूषण वज्राचार्यले इभेक जोशीलाई ६–० र ६–०, साम्राज्ञ कट्वालले निनवाम राईलाई ६–३ र ६–३, सम्यकभूषण वज्राचार्यले श्रेयाश अग्रवाललाई ६–१ र ६–१ तथा प्रणव खनालले आदित सुवेदीलाई ६–१ र ६–३ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१४ गल्र्स सिंगल्समा लुमु लामाले आईशा डोल्कर गुरुङलाई १–६, ७–५ र ६–४, ईशाश्री शाहले प्रकृति श्रेष्ठलाई ६–२ र ६–० तथा सर्भानी श्रेष्ठले श्रुति तामाङलाई ६–० र ६–२ को सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे । रायना शाह पनि प्रतिद्वन्द्वी सौरभी कट्वालबाट वाक ओभर पाउदै सेमिफाइनलमा पुग्न सफल भइन् ।
यु–१० ब्वाइज सिंगल्समा राजवीर प्रधानले श्रीयोग अधिकारीलाई ६–० र ६–१ तथा सक्षमविक्रम शाहले निश्चल कायश्थलाई ६–० र ६–० ले निराश पार्दै सेमिफाइनलमा पुगे । त्यस्तै आरभसम्राट हाडा पनि आर्यम्य जोशीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुगे भने आयुशमान घलेले कृश कुँवरबाट वाकओभर पाएर क्वाटरफाइनलमा पुगे ।
यु–१४ ब्वाइज सिंगल्समा निशान श्रेष्ठले आरम्भ स्वारलाई ६–१ र ६–० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे । आरभसम्राट हाडा पनि अदित्य अग्रवालबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा पुगे ।यु–१० गल्र्स सिंगल्समा इभा अधिकारीले उत्शा लामालाई ६–० र ६–० तथा रोशनी लिम्बूले सदाश्री ढुंगानालाई ६–० र ६–० ले हराउदै सेमिफाइनलमा पुगे । प्रतियोगिताको आयोजक लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रशिक्षकद्वय कृष्णराज घले र सूर्यभूषण वज्राचार्यलाई बल हस्तान्तरण गरी उद्घाटन गरिन् ।