अमृतसरमा पनि नेपाली खेलाडीको गौरव
भारतको अमृतसरमा सम्पन्न भएको अन्तराष्ट्रिय सोतोकाइ कराते प्रतियोगितामा नेपाली खेलाडीले ६ स्वर्ण, ४ रजत तथा ९ कस्य पदक हात पारेका छन् । पदक तालीकामा नेपाली टोली दोस्रो स्थानमा रहेको प्रशिक्षक प्रकास चन्दले बताएका छन् । प्रतियोगितामा राम बिक ,लक्ष्मण विक, कमल वलि , सुरज कुश्मी ,रोजन खड्का र सागर राउतले स्वर्ण पदक जिहात पारेका हुन् । त्यस्तै पवन शाहु, अर्जुन थापा,बिजन पुन र पिउस बिकले रज्त पदक जिते । लाल बहादुर राना,नरेन्द्र गुरुङ ,भरत शर्मा ,भरत बिक, सन्तोष बि क, हिमाल साउद, शेर बहादुर बिस्ट,आकाश साउद, सुरज साउदले कास्य पदक जिते । प्रतियोगिताको उदघाटन एशियान कराते महासंघका उपाध्यक्ष तथा दक्षिण एसियाली कराते महासंघका अध्यक्ष आर तेगराजन र बिश्व करते महासंघका प्राबिधिक समिति सदस्य भरत शर्माले सङ्युक्त रूपमा गरेका थिए । प्रतियोगितामा नेपाली टिमका टिम ब्यावस्थापक बहादुर सिग ओड र अन्तराष्ट्रिय निर्णायक प्रकाश कुमार चन्दले प्रतियोगितामा रेफ्रिको भुमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा चन्दलाई कराते गौरव अवार्ड बाट सम्मानित गरिएको थियोे । यस अघि यसै टोलीले जयपुरमा भएको प्रतियोगितामा पनि महत्वपूर्ण सफलता पाएको थियो ।