महेश्वर र ननिता सम्मानित
Manoj Shiama
1 August, 2017 10:21 pm
युवा तथा खेलकुद मन्त्रालयले एसियाली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता महेश्वर महर्जन र ननिता महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।
महेश्वरले भुटानको थिम्पुमा गत सेप्टेम्बरमा भएको ५० औं एसियाली शारीरिक सुगठन तथा फिजिकस स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका थिए । त्यस्तै ननिताले गत डिसेम्बरमा थाइल्यान्डको पटायामा भएको आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपअन्तर्गत महिला एथलेटिक फिजिकमा कांस्य जितेकी थिइन् ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले महेश्वरलाई १ लाख र ननितालाई ३५ हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरे ।