प्रणव र संरक्षक फाइनलमा
प्रणव खनाल र संरक्षकभूषण वज्राचार्य प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । प्रणवले सम्यकभूषण वज्राचार्यलाई ६–० र ६–४ तथा संरक्षकले साम्राज्ञ कट्वाललाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे ।
यु–१० ब्वाइज सिंगल्समा आरभसम्राट हाडा पहिलो भए । फाइनलमा उनले प्रणव मानन्धरलाई ६–१ र ६–० को सीधा सेटमा हराए ।
चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा मायांका राणा पहिलो भइन् । अन्तिम खेलमा मायांकाले अभिलाषा विष्टलाई ६–४, ७–५ र ६–३ को सेटमा पाखा लगाउदै शत प्रतिशत जित निकालिन् । मायांकाकी जुम्ल्याहा बहिनी माहिका २ जितसाथ दोश्रो भइन् । आफ्नो अन्तिम खेलमा माहिकाले विजिशा श्रेष्ठलाई ६–४ र ६–४ को सोझो सेटमा पाखा लगाइन् । अभिलाषाले तेश्रो स्थानमा चित्त बुझाइन् ।
यु–१० गल्र्स सिंगल्समा प्रशंसा मोक्तान र रोशनी लिम्बू फाइनलमा पुगे । प्रशंसाले इभा अधिकारीको चुनौती ६–४ र ७–६(५) ले समाप्त पारिन् भने रोशनीले सुनिरा थापाको यात्रा ६–३, ३–६ र १०–८ ले पूर्णविराम लगाइन् ।