विजेश्वरीलाई तीन स्वर्ण

Manoj Shiama
1 August, 2017 11:09 pm


नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा मङ्गलबार विजेश्वरी स्कुलले तीन स्वर्ण जितेको छ । विजेश्वरीकी अनुष्का सिंखडाले आरुनीकी दिप्तिका लामिछानेलाई ११–७, ११–७, १२–१४ र ११–७ ले पराजित गर्दै गल्र्स यु–१६ मा पहिलो भइन् । ह्वाइटफिल्डकी वृmतिका अग्रवाल र दिया मगैयाले कास्य पदक जिते ।
गल्र्स यु–१४ मा विजेश्वरीकी मारिया थापा मगरले फाइनलमा आरुनीकी प्रवृmति गुरुङलाई सोझो सेटमा ११–५, ११–३ र ११–२ ले हराउदै स्वर्ण हात पारिन् ।गल्र्स यु–१२ मा विजेश्वरीकी सुस्मिता खड्काले चिल्ड्रेन गार्डेन एकेडेमीकी अनु श्रेष्ठलाई सजिलै ११–३, ११–४ र ११–३ ले निराश बनाएर स्वर्ण पदक जितिन् ।
कलेजतर्फ छात्रा टिम इभेन्टमा सिसिआरसीले प्राइम कलेजलाई ३–० ले हराएर उपाधि जित्यो । ग्रान्ड एकेडेमी र भक्तपुर मल्टिपल क्याम्पस संयुक्त रुपमा तेस्रो भए । यसैगरी, ह्विलचेयर महिलामा रजनी राई पहिलो र संगिता माझी दोस्रो भए । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।