नेपाललाई तीन स्वर्ण
Manoj Shiama
2 August, 2017 11:56 pm
लेसर रन सिटी टुर सिंगापुर– २०१७ मा नेपालले ३ स्वर्ण जितेको छ । स्वर्णका अलावा नेपालले थप ३ रजत र १ कांस्य पनि जितेको नेपाल मोर्डन पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जनाएका छन् ।
सिंगापुरमा जुलाई ३० तारिखमा भएको एकदिने प्रतियोगिताको महिला १३ वर्षमा अनुसिया तण्डुकार, १५ वर्षमा पेमा याङजिन र जुनियर पुरुषमा सतिश थापाले नेपाललाई स्वर्ण दिलाए ।
१३ वर्षको पुरुषमा आदर्श कार्की र महिलामा तियेन शेर्मा लिम्बू तथा १७ वर्ष पुरुषमा क्षितिज थापाले रजत जिते । सिनियर पुरुषमा शेरबहादुर लोहारले कांस्य प्राप्त गरे । उनीहरुले विभिन्न उमेरसमूहको दौड र सुटिङमा प्रतिस्पर्धा गरेका थिए ।