अरहान्त र अमृत क्वाटरफाइनलमा

Manoj Shiama
3 August, 2017 12:06 am

डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिंह र अमृत थापा दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगितामा अरहान्तले लोकेन्द्र भण्डारीलाई ११–२, ११–२ र ११–२ को सोझो सेटमा पराजित गरे । साविक उपविजेता अमृतले क्वाटरफाइनल पुग्न मेहनत गर्नु परेन । उनले प्रतिद्वन्द्वी विजय मगरबाट वाक ओभर पाए ।
पुरुष सिंगल्समै सुगम तुल्सानले मित्रलाल गुराउलाई ११–८, १२–१० र ११–५, सुदिपबहादुर सिंहले विनायक श्रेष्ठलाई ११–०, १२–१० र ११–३, प्रवीणवीरसिंह कंशाकारले निशान्त अग्रवाललाई ११–२, ११–४ र ११–७, उमिद शाक्यले महेन्द्र महर्जनलाई ११–२, ११–६ र ११–७, राजेन्द्र शाक्यले स्पेनिस एरिक लाटोरी ९भ्चष्प ीबतयचचभ० लाई ६–११, ११–६, १२–१० र ११–७ तथा ज्ञानु चौधरीले अमिर ब्लोनलाई ११–३, ११–५, १६–१८ र ११–८ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
महिला सिंगल्समा कृष्ण थापाले मुस्कान राउतलाई ११–४, ११–२ र ११–३, डिफेन्डिङ च्याम्पियन भावना सुनवारले लक्ष्मी थापालाई ११–२, ११–४ र ११–५, स्वस्थानी श्रेष्ठले सपना ब्लोनलाई ११–६, १२–१० र ११–५ तथा विपना ब्लोनले डोल्मा लामालाई ११–३, ११–९ र ११–५ को सीधा सेटमा हराउदै सेमिफाइनल यात्रा तय गरे ।
आयोजक स्क्वास संघका अध्यक्ष किशोर महर्जनकी माताको स्मृतिमा आयोजित प्रतियोगितामा विभिन्न ६ स्पर्धामा ८५ खेलाडी सहभागी छन् । कुल पुरस्कार राशी ८१ हजार रुपैयाँ रहेको प्रतियोगिता शनिबारसम्म चल्नेछ ।