राष्ट्रव्यापी फुल कन्ट्याक्ट सुरु
Manoj Shiama
3 August, 2017 12:15 am
सुनाकोठी बुदोकैदो फुल कन्ट्याक्ट शाखा डोजोको आयोजनामा तेश्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट तौलसमूह बुदोकैदो प्रतियोगिता बुधबार सुनाकोठीमा सुरु भएको छ ।
प्रतियोगिताको नेपाल लोकतान्त्रिक फोरमका महामन्त्री भारतेन्डु मलिकले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा विभिन्न १७ जिल्लाका १ सय ५२ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको बुदोकैदोका केन्द्रीय अध्यक्ष काजीमान श्रेष्ठले जनाएका छन् ।