आईटीएफको बार्षिकोत्सब

Manoj Shiama
4 August, 2017 8:06 am


नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा पहिलोदेखि तेश्रो डानको ग्रेडिङ बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
महासंघको २० औं वार्षिकोत्सवका अवसरमा आयोजित ग्रेडिङमा विभिन्न ५१ जिल्लाका २ सय ५० जना सहभागी छन् । सेमिनार शनिबार सम्पन्न हुनेछ ।
महासंघकै वार्षिकोत्सवका अवसरमा आइतबार २०७३ सालको आईटीएफ तेक्वान्दो वर्ष खेलाडी (पुरुष÷महिला), उत्कृष्ट प्रशिक्षक र जिल्ला संघलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी गराए ।