अस्मिला उज्वेकिस्तान जाने

Manoj Shiama
7 August, 2017 9:14 pm


पाँचौं एसियाली इन्डोर गेम्सको तयारीका लागि कुराँस खेलाडी अस्मिला छन्त्याल उज्वेकिस्तानको तास्केन्द जाने भएकी छन् । नेपाल कुराँस संघको सोमबार बसेको बैठकले अस्मिलालाई विशेष तयारीका लागि तास्केन्द पठाउने निर्णय गरेको कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङले जनाएका छन् ।
इन्डोर गेम्स तुर्कमिनिस्तानको अस्गाबातमा सेप्टेम्बर १७ देखि २७ तारिखसम्म हुनेछ । त्यसमा अस्मिलाले महिलाको ७८ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । एकमहिने प्रशिक्षणमा सहभागी हुन अस्मिला अगष्ट १८ तारिख जाने बताइएको छ ।