उज्वल ठकुरीको उचाइ बढ्दो अमेरिकाको लेजेन्ड अवार्ड र अमेरिकी किताबमा नाम


कराँते खेलाडी उज्ववल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्स ( एएमएए) ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवं उत्कृष्ट सम्मान मानिने यो विधामा सुचीकृत ठकुरीलाई साहसिक एवम उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
शुक्रबार मेरिल्याण्ड राज्यको नेशनल हर्वरमा आयोजित बिशेष समारोहमा ठकुरीलाई ‘ब्ल्याकबेल्ट लिजेन्ड’ अवार्डले सम्मान गरिएको हो । सो अवसरमा विभिन्न पाँच विधामा साहसिक एवम उत्कृष्ट खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको थियो । अमेरिकी मार्शल आर्टका

बिशिष्ट ब्यक्ति मानिने ग्राण्ड मास्टर झुन रि पाईनियर एचिभमेन्ट अवार्डबाट पुरस्कृत भए । साथै अमेरिकी समाजका प्रतिष्ठिन ब्यक्तिको बारेमा चर्चा हुने पुस्तकमा समेत उनी सुचिकृत भएका छन् ।
अमेरिकी मार्शल आर्ट एलाईन्सको यो सम्मानसँगै पुरस्कृत ब्यक्तित्वको योगदान, चिनारी एवम उपलब्धि बारे आयोजकले पुस्तक प्रकाशनमा ल्याउने प्रचलन छ । जस अनुसार यसपटकको पुस्तकमा ठकुरीको योगदान, कला एवम साहसिक यात्रा बारे उल्लेख गरिएको छ ।
‘भ्यानडाम स्टाईल’ अन्तर्गत शरीरले एक सय ४० पाउण्ड एवम दाँतले एक सय पाउण्ड वजन उचाल्नुका अतिरिक्त बाइस वटा काठका पाताहरुलाई भाँच्न सफल भएका कारण ठकुरी अवार्ड पाउन सफल भएका हुन् । भ्यानडम स्टाइल, तेन्सो काता र भ्यानडम स्टाइल खुकुरी कातामा पोख्त उनी, पाँचौ स्तरका ब्ल्याकबेल्ट हुन ।
अवार्डले उत्साहित उनले भने ‘नेपाली मार्शल आर्टलाई संसारमा स्थापित गराउने मेरो लक्ष्य हो । यसैमा लागिपरेको छु ।’ रिटायर्ड लेफिनेन्ट कर्नेल ग्यारी क्लस बाट प्रशिक्षित ठकुरीले अमेरिकाका दश राज्यमा आयोजित विभिन्न च्याम्पियनसीपमा प्रतिस्पर्धा गरिसकेका छन् । विभिन्न साहसिक एवम अनौठा मार्शल आर्ट विधाका लागि पोख्त, ठकुरी अमेरिका स्थित नेपाली डायस्पोराबाट धेरै पटक सम्मानित एवम् पुरस्कृत भइसकेका छन् ।

Comment