वोविनम विश्व च्याम्पिनसिपमा नेपाललाइ पदक
Manoj Shiama
9 August, 2017 5:12 pm
भारतको नयाँ दिल्लीमा सम्पन्न पाँचौ वोविनम विश्व च्याम्पिनसिपमा नेपाललाई कास्य पदक प्राप्त भएको हो । प्रतियोगितामा नेपालका लागि शंकर भुजेलले कास्य पदक जित्न सफल भएका छन्।उनले इटाली र रसियाका खेलाडीलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेका थिए। सेमिफाइनलमा उनी भियतनामका खेलाडीसंग पराजित हुन पुगेकाले उनले कास्य पदकमै चित्त बुझाउन परेको हो । उक्त प्रतियोगितामा साउन १७ देखि २१ सम्म संचालन भएको थियो, जहाँ विश्व भरबाट २५ देशले सहभागिता जनाएका थिए । वोवीनम नेपालमा त्यत्ति प्रचलित नभए पनि बिश्वस्तर र विशेषगरी युरोपमा प्रभाव रहेको मार्सलआर्ट हो ।