एलएसडीसीको दोश्रो चरण सेमिनार शुक्रबार सुरु हुने


फुटबल क्षेत्रमा सृनात्मक पाइला अघि बढाइरहेको ललीतपुर खेलकुद प्रशिक्षण केन्द«( एलएसडीसी)ले शुक्रबार देखि नया परियोजनाको रुपमा साउथ एसिया स्पोर्ट्स फर डेभ्लपमेन्ट अन्तरगत दोश्रो चरणको सेमिनार कार्यक्रम आयोजना गर्दै छ । सस्थाका प्रमुख सिद्धी ब्यञ्जनकारले दिएको जानकारी अनुसार शुक्रबार सुरु हुने सेमिनारमा १९ क्लब तथा १२ विद्यालयका फुटबल प्रशिक्षकहरु सहभागि हुने छन् । सेमिनार ललीतपुरको चुनीखेलमा हुदै छ ।
१५ अगस्टसम्म हुने सेमिनारमा प्रशिक्षण दिन इजरायलबाट साहर र एल काठमाडौं आइपुगीसकेका छन् । दुवै फुटबल प्रशिक्षक मिफालटसस्थासंग आबद्ध छन् । साहर रिजनल मेनेजरको रुपमा सस्थामा कार्यरत छन् । सेमिनारमा सहभागि हुने ४६ फुटबल प्रशिशिक्षकले यस अघि इजरायली फुटबलमा परिचित ब्यक्तित्व गन र डोरबाट प्रशिक्षण पाएका छन् । ललीतपुर स्पोर्ट्स प्रशिक्षण केन्द्रले ललीतपुरको ग्रामीण भेगमा फुटबल र शिक्षालाई संगै बढि बढाउने निती लीएको छ । केन्द्रको मुख्य कार्यक्षेत्रको रुपमा गोदवरी, चापागाउँ र चुनीखेल रहेका छन् । नल्लु र भारदेउ केन्द्रका थप कार्य क्षेत्रको रुपमा रहेका छन् । ५० को दशकमा एनआरटी र फ्रेन्ड्स क्लबका प्रभावशाली रक्षक सिद्धी ब्यञ्जनकारको नेतृत्वमा नेपाली फुटबलका परिचित अनुहारहरु सस्थामा आबद्ध रहेका छन् ।

Comment