श्रेष्ठ क्यानाडा प्रस्थान, विष्ट अमेरिका जाने अमेरिकामै नेपालका ऐतीहासिक खेलाडीको जमघट हुने
नेपाली करातेका सफल खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन दीपक श्रेष्ठ बिहीबार क्यानाडाको ओटावा प्रस्थान गरेका छन् ।
सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । सेमिनार सकाएपछि श्रेष्ठ अमेरिकाको न्युयोर्क जाने छन् । त्यहाँ श्रेष्ठ नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछन् । अन्तरक्रियामा नेपाली खेलकुदको विकासका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै नेपालकै सर्वाधिक सफल खेलाडी सागका कीर्तिमानी ४ स्वर्ण विजेता र एसियाली खेलकुदका २ कांस्य विजेता तेक्वान्दोका दीपक विष्ट आइएनटीएको बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको पोर्टल्यान्ड जाँदैछन् । बैठक अगष्ट १४ तारिखमा हुनेछ । आइएनटीए नेपाली खेलकुदका सर्वकालीन शिर्ष खेलाडीको समुहको रुपमा समेत रहेको छ । सो सस्थामा सोल ओलम्पिकमा प्रदशर्नी खेलमा पदक पाउने विधान लामा अध्यक्ष रहेका छन् । ओलम्पियन नारायण गुरुंगमहासचिव रहेको सस्थामा एसियाड रजत विजेता सबिता राजभण्डारीको साथमा एसियाड पदक विजेता किशोर श्रेष्ठ र रेणुका मगर पनि रहेका छन् । यसैगरी, सस्थामा साफ स्वर्ण विजेता कमल क्षेत्री, निर्मल श्रेष्ठ र निरञ्जन श्रेष्ठ लगायत थुप्रै पदकधारी खेलाडी पनि पनि रहेका छन् । सस्थामा रहेका सबिता र किशोर नेपाली शिर्ष खेलकर्मी मध्य सामाजीचक चेतना र मानबीय संबेदनामा समेत अग्रणी ब्यक्तिको रुपमा रहेका छन् । सोही सस्थामा रहेका निरञ्जन सन् २००६ को दशकमा बेजोड फर्ममा रहेका थिए । जर्मन बिश्व च्याम्पियनसीपमा सहभागि निरञ्जन कुनै समय नेपाली तेक्वान्दोका आकर्षक र प्रतिभासाली ब्यक्तित्व मध्य एकको रुपमा परिचीत थिए । पूर्व स्टारहरुको उपश्थितीमा हुने सो बैठकमा सहभागिता जनाइसके पछि विष्ट पनि न्युयोर्कमा श्रेष्ठ सहभागी हुन कार्यक्रममा सहभागी हुनेछन् ।