कास्कीका भलिबल खेलाडी म्याग्दी प्रस्थान

Manoj Shiama
14 January, 2015 10:03 pm

पोखरा
म्याग्दी महोत्सवअन्तर्गत बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुन गइरहेको अन्तरजिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन कास्कीको टीम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ।
रोशन गुरुङको कप्तानीमा रहेको टीममा सोम गुरुङ, अनिल धमाल, दुर्गा भित्रकोटी, लालबहादुर तामाङ, मनोज गुरुङ, मनोज खड्का, विकास गुरुङ र युजन गुरुङ रहेका छन्। यस्तै टीम मेनेजरमा कास्की जिल्ला भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष खगेन्द्रप्रसाद गौचन रहेका छन्।
टोलीलाई बुधबार नै पोखरा रड्डशालामा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, भलिबल सङ्घका सदस्य पूर्ण गुरुङलगायतले बिदाइ गरेका थिए। सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले उपाधि जितेर आउन टोलीलाई शुभकामना दिएका थिए।
१४ जल्लाको सहभागिता रहेको सो प्रतियोगितामा विजेता टीमले नगद ७५ हजार तथा उपविजता टीमले नगद ४५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।