दिलीप स्मृतिका खेलाडीलाई टप माउन्टेनको सहयोग
टप माउन्टेन तेक्वान्दो संघ, हङकङका अध्यक्ष मास्टर गणेश गुरुङले दिलिप स्मृति प्रतिष्ठानका तेक्वान्दो खेलाडीलाई खेल पोशाक (डोबोक) सहयोग स्वरुप प्रदान गरेका छन् । तेक्वान्दो प्रशिक्षक मनोज खड्गीले प्रतिष्ठानका खेलाडीलाई पोशाकका लागि पहल गरिदिएका थिए । विगत २५ वर्षदेखि हङकङमै बस्दै आएका छैटौं डान गुरुङले खेलाडीका लागि करिब ३० हजार मुल्य बराबरको ३० थान खेल पोशाक प्रशिक्षक खड्गी मार्फत उपलब्ध गराएका हुन् ।
प्रशिक्षक खड्गीले उक्त सामाग्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलाई शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरे । लगत्तै खत्रीले सो सामाग्री खेलाडीलाई वितरण गरेका थिए ।
सो अवसरमा प्रतिष्ठानले तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै गुरुङ र खड्गीलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो । गुरुङ हङकङमै रहेकाले खड्गीले आफ्नो र गुरुङको पनि सम्मान पत्र ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै कलाकार दर्शन शाहीले आगामी दिनमा दिलिप स्मृती प्रतिष्ठानलाई आफुहरुले पनि सहयोग गर्ने बताए । कार्यक्रममा दर्शन सहित कलाकार जिवन केसी, सञ्जु मर्हजन, सुरेस खड्गी, शंकर खड्गी, लक्ष्मी कमल शाही र किशोर शाही पनि उपश्थित थिए । साथै तेक्वान्दो प्रशिक्षक अर्जुन भक्त राइ पनि उपश्थित थिए । कार्यक्रममै खड्गीले दिलिप स्मृतीका आगामी कार्यक्रममा आफ्नो तर्फबाट पनि सहयोग रहने बताए । मास्टर गुरुङले लामो समय देखि नेपाली तेक्वान्दोको विविध पक्षमा सहयोग गरेका थिए भने सास्कृतीक रुपमा पनि सक्रियता देखाएका छन् ।