क्योकुसिन काइकान राखेपमा दर्ता

Manoj Shiama
19 August, 2017 6:53 am


राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा इन्टरनेसनल एसोसिएसन अफ क्योकुसिन काइ–कान नेपाल (आईएफकेके, नेपाल) दर्ता भएको छ । १८८ औं संघका रुपमा दर्ता भएको १४ सदस्यीय केन्द्रीय कार्यसमितिको अध्यक्षमा प्रेमबहादुर तामाङ रहेका छन् । तामाङ नेपालका लागि ब्रान्च चिफ पनि हुन् । उपाध्यक्षत्रयमा श्याम थापा, घनश्याम श्रेष्ठ र दामोदर नेपाल, महासचिवमा सूर्यबहादुर लामा, सचिवमा एलेन्स पौडेल र कोषाध्यक्षमा मुना तामाङ रहेका छन् ।
सदस्यमा मनोजकुमार महर्जन, रेवती सापकोटा, डिककुमार प्रधान, आरती लामिछाने, सलिना लामा, शरदचन्द्र भण्डारी र राखेपबाट २ प्रतिनिधि छन् । राखेप सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबारै अध्यक्ष तामाङलाई संघ दर्ताको प्रमाण पत्र प्रदान गरे ।