आठौ सस्करण मंसिरमा
Manoj Shiama
20 August, 2017 6:24 am
नेसनल गोजुरियो कराते डो एसोसीएसनको आयोजनामा धनगढीको सुदुर पश्चिम क्षेत्रीय रंगशालामा २७ देखि २९ मंसिरमा आठौ अन्तरराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता संयोजक प्रकास चन्दले दिएको जानकारी अनुसार प्रतियोगितामा सात राष्ट्रका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा भारतबाट मात्र ५०० भन्दा बडी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा ४३ स्पर्धा समाबेश गरिएका छन् । प्रतियोगिताको अनुमानित लागत २३ लाख ८५ हजार रुपैया रहेको छ । प्रतियोगितामा टिम कुमुतेमा उपाधि विजेता टोलीले ५१ हजार तथा उपविजयी टोलीले ३१,००० र तेश्रो हुने टोलीले २१००० रुपैया पुरस्कार पाउने छन् ।