मुवाँथाई सेमिनार सम्पन्न
Manoj Shiama
22 August, 2017 10:37 am
राष्ट्रिय मुँवाथाई संघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय मुवाँथाई सेमिनार सोमबार सम्पन्न भएको छ । तीनदिने सेमिनारमा जिल्ला, विभाग र केन्द्रका गरी २० प्रशिक्षक र खेलाडीले सहभागिता जनाएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । सेमिनार मुवाँ थाईका अन्तर्राष्ट्रिय प्रशिक्षक ताउईसाक मेन्नाइले सञ्चालन गरेका थिए ।