सुमितलाई स्वर्ण

Manoj Shiama
15 January, 2015 9:31 pm

south asian martial art
नेपालका सुमित लामाले प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत तेक्वान्दोतर्फ १७ वर्षमुनि पुरुष ४४ केजीमा बिहीबार स्वर्ण जितेका छन् ।
त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ४८ केजीमा नेपालका सिद्धार्थ श्रेष्ठ, ५२ केजीमा नेपालका युवराज उप्रेती, ५६ केजीमा नेपालका निमा लामा, ६५ केजीमा भारतका जि. निराजन, ७० केजीमा नेपालका दिनेश सुनवार, ३६ केजीमा भारतका बि. महेन्द्र तथा ४० केजीमा भारतका अमनले स्वर्ण जिते ।
नेपालबाट राष्ट्रिय तेक्वान्दो युनियन, नेपालका खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक स्टुडेन्ट ओलम्पिक एसोसिएसन नेपालका महासचिव पुरुषोत्तम बुढाथोकीले जनाएका छन् ।
आयोजकका अनुसार दुईदिने च्याम्पियनसिपमा कराते र मुवाइ थाइ विधा पनि समावेश छ । च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायणप्रसाद पौडेलले उद्घाटन गरे । सो अवसरमा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष एवं तेक्वान्दो युनियनका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति थियो ।