सोतोकानमा श्रेष्ठको निरन्तरता
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को शनिबार सम्पन्न चुनावी साधारणसभाले नरेशप्रसाद श्रेष्ठलाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षद्वयमा निवासगोपाल वैद्य र सुदर्शनलाल श्रेष्ठ, महासचिवमा दिलेन्द्रगोविन्द वैद्य, सचिवमा ओमनारायण श्रेष्ठ तथा कोषाध्यक्षमा श्यामकुमार भुजेल रहेका छन् । मुकुन्द श्रेष्ठ, चन्द्रमान तामाङ, शैलेन्द्र ताम्राकार, रामकुमार श्रेष्ठ, शत्रुघन महर्जन, दिनेश वज्राचार्य र अहमद कमल मुस्लिम सदस्यमा चयन भए ।