भियतनामको अनुभवले बढाएको अमितको उत्साह
Manoj Shiama
29 August, 2017 11:50 am
नेपालमा कम परिचित मार्सल आर्ट केन्दोका राष्ट्रिय खेलाडी अमित चौधरी नेपालमा यो खेल विस्तार हुने बिश्वास ब्यक्त गर्छन् । हालै भियतनाममा सम्पन्न चौथो भियतनाम ओपन केन्दो च्याम्पियनसीपमा एकल क्याटोगोरीमा पहिलो बाउटमा नकआउटको आधारमा भियनामी खेलाडीलाई हराएका उनी दोश्रो बाउटमा गोल्डेन स्कोरको आधारमा भियनामी खेलाडीसंग नै पराजित भए । टिम क्याटोगोरीमा भने उनी पदक जित्न सफल भए । उनको नेतृत्वमा र चार भियतनामी खेलाडी सहितको टोलीले पहिलो खेलमा नै भियनामकै टोलीसंग पराजित भएको थियो । टिम क्याटोगोरीको पहिलो खेलमा उनले जित हात पारे पनि टोलीका अन्य खेलाडीले पराजयको सामना गरेका थिए । नेपाली केन्दोप्रति अन्तराष्ट्रिय क्षेत्रले देखाएको सद्भावका कारण उनको उत्साह अझ बढेको छ ।