राज्य मन्त्री चौधरीको स्वागत

Manoj Shiama
31 August, 2017 10:24 pm

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीको सम्मानमा बिहीबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना ग¥यो ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले राज्यमन्त्री चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए भने परिषद्का कर्मचारी, खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीलगायतले पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले कुनैपनि क्षेत्रको विकास गर्न एक्लैको भन्दा पनि सामूहिक प्रयासबाट सम्भव हुने बताउदै सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे । उनले आफूले पाएको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्न प्रतिबद्ध रहेको बताउदै खेलकुदमा रहेका बेथितिलाई सुधार गर्नुपर्नेमा जोड दिए । सदस्य–सचिव विष्टले खेल क्षेत्र बुझेको र खेलकुदमै समर्पित व्यक्तिले खेलकुदको जिम्मेवारी पाउनु सिंगो खेल क्षेत्रका लागि गर्वको विषय भएको बताउदै उहाँको नियुक्तिले खेलकुद क्षेत्रमा लागेर पनि उच्च अहोदामा पुग्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको बताए ।