दुबइ एनआरएनए एनसीसीमा मदन

Manoj Shiama
4 September, 2017 12:56 am


एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट्स क्लबका उपाध्यक्ष मदन अधीकारी एनआरएनए एनसीसी युएइ दुबइ कमिटीको अध्यक्षमा निर्वाचीत भएका छन् । विजयी अधीकारीलाई क्लबका मुख्य प्रशिक्षक रबी शाहीले बधाइ तथा शुभकामना दिएका छन् ।

कराते प्रतियोगितामा टोलीको सफलता पछि रमाउदै मदन( राष्ट्रिय झण्डा सहित)

शाहीले अधीकारीको नेतृत्वमा युएइमा रहेका नेपालीहरु सृजनात्मक र रचनात्मक पाइला अघि बढाउन सफल हुने बिश्वास आफू र एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्र्पोे्स क्लबको रहेको बताए ।  पछिल्लो समय युएइमा रहेको नेपाली खेलकर्मीहरुको चौतर्फी सक्रियता बढीरहेको समयमा अधीकारीको सफलता अर्को आयाम भएको बताएका छन् ।