मुवाँ थाइमा नेपाललाई ६ स्वर्ण
Manoj Shiama
16 January, 2015 7:29 pm
प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत मुवाँ थाइ किक बक्सिङमा नेपालले शुक्रबार ६ स्वर्ण जितेको छ ।८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले २ स्वर्ण हात पा¥यो ।
पुरुषको २५ केजीमा श्रृतेश वाइबा, ४० केजीमा सोमनाथ शेट्टी, ४५ केजीमा सुजन राई, ५० केजीमा विशाल श्रेष्ठ, ५५ केजीमा दीपक थापा तथा ६० केजीमा विशाल घिसिङले नेपाललाई स्वर्ण दिलाएको नेपाल मुवाँ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा भारतका लागि पुरुष ५७ केजीमा अनिल नार्जरी र ७० केजीमुनि तुन तुन मेहदीले स्वर्ण जिते । स्टुडेन्ट ओलम्पिक एसोसिएसन नेपालले च्याम्पियनसिप आयोजना गरेको हो ।