ओसीड अन्तिम चारमा प्रबेश


.राष्ट्रिय सडक बालबालिका फुटबल लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । समुह चरणका खेलहरु सकिँदा खुसी नेपाल, प्रयास ओसिड, थ्री एन्जल्स र बाल मन्दिरको बी टिम अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।
त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न खेलमा थ्री एन्जल्सले शतप्रतिशत जित निकाल्दै समुह बीको विजेता बन्यो । अघिल्लो दिन दुई खेल जितेको थ्री एन्जल्सले आज पहिलो खेलमा बालमन्दिरको बी टिमलाई ३–० ले हरायो । यस्तै दोस्रो खेलमा थ्री एन्जल्सले लाइट हाउस फाउन्डेसनलाई १–० ले हरायो । बालमन्दिर बीले दोस्रो खलमा भ्वइस अफ चिल्ड्रेनबाट बाइ पाएको थियो ।
समुह एबाट खुसी नेपाल र प्रयास ओसिड सेमिफाइनलमा पुगे । खुसी नेपालले पहिलो खेलमा सोबर रिकभरीलाई ७–० ले हराएको थियो भने दोस्रो खेलमा बालमन्दिरको ए टिममाथि १–० को जित दर्ता गरायो । प्रयास ओसिडले पनि पहिलो खेलमा बालमन्दिर एलाई २–१ ल्े हरायो भने दोस्रो खेलमा आयोजक सेल्टर आश्रय नेपालमाथि १–० को जित हात पा¥यो ।
प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल शुक्रबार हुनेछ । सेल्टर आश्रय नेपालको आयोजनामा जारी प्रतियोगितामा अनाथ तथा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो । सहभागि टिमबाट उत्कृष्ट खेलाडीबाट मस्कोमा हुने स्ट्रिट चाइल्ड विश्वकपका लागि नेपाली टिमको छनोट गरिनेछ ।

 

Comment