ओकिनावा सुरिकेन सोरिन करातेमा रञ्जित
नेपाल ओकिनावा सुरिकेन सोरिन कराते संघको पहिलो चुनावी साधारणसभाले सञ्जय रन्जितको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा कन्हैया प्रसाद, उपाध्यक्षमा टंकबहादुर कटुवाल, राधा मताङ्गी, किसनराज सिंह र करण विष्ट, महासचिवमा देवी पुन, सचिवमा बालमुकुन्द नापित तथा कोषाध्यक्षमा राकेश श्रेष्ठ रहेका छन् । अनिला प्रधान, अन्जु हाछेँथु, हसना खड्गी, शकुन्तला केसी, रमेश भट्टराई, राजेन्द्र महर्जन, सरोज रन्जित र सुबेशकुमार झा सदस्यमा चयन भए ।
साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । अध्यक्षमा निर्वाचीत भए पछि रञ्जितले केही समय पछि राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने सोच बनाएको बताए । साथै उनले संघको प्रक्रियागत पुर्ननिमार्ण र साधारण सभाको क्रममा सदस्य सचिव केशब विष्टको भुमिका महत्वपूर्ण रहेको बताए ।