मदन भण्डारी पश्चिमाञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिताको तयारी

Manoj Shiama
17 January, 2015 9:25 am

पोखरा

६४ औं मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्की र बुल्समेन पोखराको संयुक्त आयोजनामा यही माघ १८ गते पोखरामा मदन भण्डारी पश्चिमाञ्चलस्तरीय शारीरिक सुुगठन प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ प्लसमा प्रतिस्पर्धा गराइने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। माघ १७ गते प्रिजजिङ राउण्ड हुनेछ।

प्रतियोगितामा ओभरअल विजेताले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्ने संयोजक नुना गुरुङले जानकारी दिए।यस्तै प्रत्येक तौल समूहको प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः चारहजार, तीन हजार र दई हजार प्रदान गरिनेछ। विकृति र विसड्डतिबाट युवालाई टाढा राख्दै रोजगारीमूलक र खेलकुद क्षेत्रमा लाग्न सधैँ प्रेरित गर्दै आएको बुल्समेन क्लबले हाल ३५ जना युवालाई रोजगारी दिएको छ।

पश्चिमाञ्चलका विभिन्न जिम सेन्टरका करिब ५० जना खेलाडीको सहभागिता रहने प्रतियोगिताका विजेतालाई नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी ओलीले पुरस्कार वितरण गर्ने एकेडेमी कास्कीका संयोजक ऋषिराम गौतमले जानकारी दिए।