खेलाडीलाई स्पोर्ट्स किट्स


नेपाल वादोरियो कराते संघले बाह्रौं सिजि निसी मुरु मात्सुरी अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने आफ्ना खेलाडीलाई ट्रयाकसुट र खेल सामाग्री प्रदान गरेको छ ।
जापानको फुकुवोकामा सेप्टेम्बर १७ तारिखमा हुने प्रतियोगितामा ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सहभागी हुँदैछन् । पुरुषको ५० केजीमा पुरुषोत्तम पोखरेल, ४५ केजीमा विकबहादुर थामी र ३५ केजीमा कुइसाङ लामाले नेपालको चुनौती प्रस्तुुत गर्नेछन् । महिलाको ५० केजीमा रिमला राईले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
उनीहरुलाई नेपाल कराते महासंघका महासचिव समेत रहेका नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । वादोरिया प्रमुख प्रशिक्षक केसी पनि प्रतियोगितामा प्रशिक्षकको भूमिकामा सहभागी हुनेछन् । टिम व्यवस्थापकमा सैलेश विष्ट र अफिसियलमा ईश्वर लामाले जिम्मेवारी पाएका छन् ।

Comment