खेलाडी तथा प्रशिक्षक संघमा महर्जन निर्वाचित
Manoj Shiama
9 September, 2017 11:17 pm
नेपाल खेलाडी तथा प्रशिक्षक संघको दोश्रो साधारणसभाबाट अध्यक्षमा महेश महर्जन शनिबार निर्वाचित भएका छन् । उपाध्यक्षमा छोरी डंगोल निर्विरोध निर्वाचित भइन् भने अर्को उपाध्यक्षमा मनोज खड्गी निर्वाचित भए । त्यस्तै महासचिवमा राजेन्द्र पाठक निर्वाचित भए । सचिवमा सरोजकुमार मुल्मी तथा कोषाध्यक्षमा निरा कायश्थ निर्विरोध निर्वाचित भए ।
बालमुकुन्द नापित, डिकेन सुवाल, दीपक खड्गी, राजु केसी, अशोक शाही, केशर मल्ल, राजेश जोशी, अर्जुन पौडेल, रोशन बोहरा, सुरेश चित्रकार, काजीमान श्रेष्ठलगायत सदसयमा निर्विरोध निर्वाचित भए ।