भक्तपुरमा जयन्तीको विदाइ
Manoj Shiama
10 September, 2017 6:54 am
तुर्कीमीनीस्तानमा हुने पाचौ एसियाली खेलकुदमा सहभागि हुने कुराँस खेलाडी जयन्ती श्रेष्ठलाई नेपाल लिपी गुठी मध्यपुरले विदाइ तथा शुभकामना प्रदान गरेको छ । निल बाराही मध्यपुरमा भएको कार्यक्रममा भारोत्तोलन राष्ट्रिय टोलीका ब्यबस्थापक राम बोसले प्रोत्साहन स्वरुप १० हजार रुपैया प्रदान गरे । थमेरिङ मासिक पत्रीकाले १० हजार रुपैया भक्तपुर कुराशँ संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पनि प्रोत्साहन स्वरुप ५ हजार रुपैया प्रदान गरे । चानाकी कलेजले पनि ५ हजार रुपैया प्रदान गरे । दिलकृष्ण प्रजापतीले नेवारी पोसाक हस्तान्तरण गरे । मध्यपुर नगरपालीकाका उपमेयर अन्जना मधकर्मी र नेपाल आदीबासी जनजाती महासंघका अध्यक्ष जगत बहादुर बराम लगायतले जयन्तीलाई शुभकामना दिए ।