मिस्टर भ्याली शुक्रबादेखि

Manoj Shiama
12 September, 2017 12:02 am


भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा तेश्रो मिस्टर भ्याली शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ केजी र ७५ केजीमाथि गरी जम्मा ६ तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बाबुकाजी मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गारए । करिब १ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
पहिलो दिन प्रि–जजिङ राउन्ड हुनेछ । त्यसमा प्रत्येक तौलसमूहमा शीर्ष ५ औं स्थानमा रहने खेलाडी फाइनल चरणमा प्रवेश गर्नेछन् । हरेक तौलसमूहको फाइनलमा पहिलो हुने खेलाडीले फेरि मिस्टर भ्याली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । समग्रमा पहिलो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । दोश्रोदेखि छैटौं हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार हात पार्ने छन् ।प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख ७५ हजार रुपैयाँ खर्च हुने अध्यक्ष मानन्धरले बताए । प्रतिस्पर्धा भक्तपुरको कमलविनायकस्थित स्टार बैंक्युटमा हुनेछ ।
प्रतियोगिताकै दौरान खुला उचाईं समूहमा प्रथम मिस्टर फिट्नेस फिजिक्स पनि हुने आयोजकले जनाएको छ । विजेताले १० हजार नगद पुरस्कार जित्ने छ ।