वादोरियो टोली जापान जाँदै

बाह्रौं सिजि निसी मुरु मात्सुरी अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन वादोरियो कराते टोली बुधबार जापानको फुकुवोका प्रस्थान गर्दैछ । सेप्टेम्बर १७ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष र १ महिला खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुँदैछ । पुरुषको ५० केजीमा पुरुषोत्तम पोखरेल, ४५ केजीमा विकबहादुर थामी र ३५ केजीमा कुइसाङ लामाले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५० केजीमा रिमला राईले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
अफिसियलमा नेपाल कराते महासंघका महासचिव समेत रहेका नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी र टिम व्यवस्थापकमा सैलेश विष्ट छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार बिदाइ गरे ।

Comment