संजयलाई सरकारको सात लाख सहयोग

Manoj Shiama
17 January, 2015 7:31 pm

sanjaya nepali

नेपाली लामो दुरिका अल्ट्रा म्याराथुन धावक एवंम किर्तिमानी पर्वतारोहि संजय पण्डित लाई नेपाल सरकारले सात लाख रुपैया  दिने निर्णय गरेको छ ।
दौडको माध्यमबाट विश्वका सातै महादेशका सातै ठुला पर्वत आरोहण गर्ने तयारीमा रहेका विश्व आरोहि पण्डितलाई शुक्रवार बसेको मन्त्रीपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको सञ्जयले खेलकुदन्यूज डटकमलाई जानकारी दिएका छन् ।
उनी आगामी फेबु्रअरी २५, २०१५ दक्षिण अमेरिकाको सर्वोच्च शिखर माउन्ट आकाङ्गवा आरोहण गर्ने शिलशिलामा रहेका छन् । उनले यस अघि विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल भनेर चिनिने मनाश्लु, अफ्रिको शर्वोच्च शिखर माउन्ट किलिमान्जारो, युरोपको सर्वोच्च शिखर माउन्ट एलबु्रस तथा अस्टेलियाको उच्च शिखर माउन्ट कोजिएस्को सफल आरोहण सम्मन्न गरिसकेका छन् ।
पण्डितले यस अघि दौडिएरै ६ घण्टा १३ मिनेटमा अफ्रिकाको सवोच्च शिखर आरोहण गरी दक्षिण एसियाली तीब्र गतिका धावक आरोहिका रुपमा किर्तिमान कायम गर्दै युरोपको उच्च शिखर माउन्ट एलब्रुसको टाकुरोमा ६ मिनट ०३ सेकेन्ड अर्धनग्न भएर तथा अस्टेलियाको उच्च शिखर कोजियस्कोमा नेपाली पोशाक दौरा सुरुवाल सहित आधार शिविर थे्रडबो देखि चुचुरो सम्म उल्टो हिँडेर आरोहण गर्दै अन्तराष्टिय किर्तिमान बनाउन सफल भएका थिए । सरकारको सहयोग संगै नेपाल सरकारलाई धन्यवाद दिँदै किर्तिमानी आरोहणमा थप हौसला मिलेको भन्दै खुसी व्यक्त गरे ।