महिला बास्केटबलले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

Manoj Shiama
19 October, 2017 10:17 pm


मित्र राष्ट्र भारतको बैङ्गलोरमा आयोजना हुने फिबा यु–१६ महिला एशियन च्याम्पियनसिपम २०१७ मा नेपाली महिला बास्केटबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । कार्तिक ५ गते देखि ११ गते सम्म संचालन हुने च्याम्पियनसिपमा सहभागी हुन जाने महिला बास्केटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठले बुधबार शुभकामना सहित बिदाई गरे ।
नेपालले बास्केटबल खेलमा देखाएको क्रियाकलाप र प्रतियोगिताहरुको आधारमा नेपाली टोलीलाई यस प्रतियोगितामा सहभागी गराएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराए । नेपाली टोलीले पहिलो पटक एशियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको नेपाल बास्केटबल संघले जारी गरेको बिज्ञप्तीमा जनाईएको छ ।
दुई ग्रुप रहेको च्याम्पियनसिपमा नेपाल रहेको ग्रुपमा भारत, श्रीलङका र ईरान रहेका छन् भने अर्को ग्रुपमा मलेसिया चाईनिज ताईपेई र मालदिप्स रहेका छन् ।
च्याम्पियनसिपमा सहभगी हुन जाने नेपाली टोलीमा श्रीयासी राना, निष्ठा राजभण्डारी, निलम शेर्पा, ममता गुरुङ्ग, छिरिङ चोकी शेर्पा, अदिती सुन्दर चौधरी, सुशमा गौतम, प्रतिक्षा मगर, रोशनी श्रेष्ठ, ईरिशा श्रेष्ठ, संस्कृती मास्के, अश्मिता थापा रहेका छन् । टिम ब्यवस्थापकमा सरोजा श्रेष्ठ कोईराला, प्रशिक्षकमा बिपिन कपाली, सहायक प्रशिक्षकमा सुशिल गुरुङ्ग र अफिसियलमा राजकुमार महर्जनर रहेका छन् ।
बिदाई कार्यक्रममा संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पा, संघका बरिष्ठ उपाध्यक्ष होमदोङ्ग, उपाध्यक्ष भिमसिंह गुरुङ्गलगायतको उपस्थिती रहेको थियो । टोली भोली त्यस तर्फ प्रस्थान गरेको छ ।