पेन्टाथलन टोलीलाई बिदाई
Manoj Shiama
19 October, 2017 10:25 pm
एएमपिसी ट्रेनिङ्ग क्याम्पमा सहभागी हुन जाने मोर्डन पेन्टाथलन टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा बिदाई गरे ।
अक्टोबर १८ देखि नोभेम्बर १ सम्म हुने एशियन मोर्डन पेन्टाथलन महासंघको विकास परियोजना अन्तरगतको एएमपिसी क्याम्पमा सहभागी हुन जाने नेपाली टोलीमा प्रशिक्षक रचना लाखेमरु कवान, खेलाडीहरु ढकबहादुर पुलामी, राहुल दर्शन, अनुष्का पोखरेल र अनुसिया तण्डुकार रहेका छन् । क्याम्प कोरियाको मुङ्गयोङ्ग सहरस्थित कोरिया सशस्त्र बल एथलेटिक कप्र्समा आयोजना हुनेछ ।