शारिरीक सुगठनमा नयाँ आयाम नेक्स्ट लेभल जिम उद्घाटन्
स्वस्थ नागरिक राष्ट्रको आवश्यकता भन्ने नारालाई मूर्त रुप दिने उद्धेश्यले राजधानीमा नेक्स्ट लेभल जिम तथा फिटनेश संचालनमा आएको छ । बिहिबार एक कार्यक्रमविच मिस्टर युनिभर्स, मिस्टर ईण्डिया तथा मिस्टर महाराष्ट्र संग्राम चौग्यलले उक्त फिटनेश सेन्टरको उद्घाटन गरे ।
फिटनेशको उद्घाटन गर्दै मि. युनिभर्स चौग्यालले नेपाल एक स्वस्थ बाताबरण भएको राष्ट्र हुनुका साथै यहाँका ब्यक्तिहरु पनि स्वस्थ रहेको आफुले देखेको बताए । हसमुख र आतिथ्यता पूर्ण स्वभाव रहेका नेपालीहरु अन्य देशमा जस्तो अनावश्यक मोटो नरहेको र थोरै मात्र कोशिस गरेमा नेपालका नागरिकले विश्व शारिरीक सुगठनमा आफ्नो अश्तित्व कायम गर्न सक्ने बताए । पहिलो पटक फिटनेश सेन्टर उद्घाटन गर्न आएका चौग्यलले नेपालीहरुबाट पाएको आतिथ्यताबाट आफु गौरवान्वित भएको बताए ।
नागार्जुन नगपालिका ठुलो भ¥याङ्गस्थित स्थानमा संचालनमा आएको फिटनेश सेन्टरबाट शारिरीक सुगठनमा लाग्ने र स्वस्थ हुन चाहने त्यस स्थानका बासिन्दाले फाईदा लिन सक्ने आयोजकले जनाएका छन् । करिब १ करोड १० लाखको लगानि रहेको फिटनेश सेन्टर चारजनाको लगानीमा संचालनमा आएको हो । जसमा महेश महर्जन, मिलन अधिकारी, अरुण कुमार प्रधान र पासाङ्ग पाख्रिनको लगानी रहेको छ ।
फिटनेशमा अत्याधुनिक शारिरीक सुगठनको सामगाग्री उत्पादन गर्ने कम्पनी फिटलाईनको उपकरण तथा सामाग्री राखिएको छ ।
उद्घाटनकै क्रममा विश्वमा शारिरीक सुगठनको ईभेन्ट म्यानेजमेन्टमा ख्याती कमाएको कम्पनी बडी पावरका सिईओ निक अर्टन लगायत प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो । निकले २९ देशमा आफ्नो कम्पनीले शारिरीक सुगठनको ईभेन्ट अर्गनाईज गरिसकेको भन्दै नेपाल अव ३० औं देश हुने बताए । उनले नेपालका नागरिक आतिथ्यपूण र हंसमुख रहेको भन्दै यहाँ शारिरीक सुगठनको प्रचुर सम्भावना रहेको बताए ।
शारिरीक सुगठन क्षेत्रमा नेपालले विश्व एरिनमा आफ्नो पहिचान बनाउंदै आएको छ । हालै मात्र दिल्लीमा आयोजित विश्व पावरलिफ्टिङ्ग च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले एक स्वर्ण, एक रजत र एका कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।