नवलपरासीसंग कास्की पराजित

Manoj Shiama
17 January, 2015 10:44 pm

पोखरा
म्याग्दी महोत्सवअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी  अन्तरजिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा कास्की पराजित भएको छ। शनिबार भएको खेलमा नवलपरासीसँग ३–१ को सेटमा पराजित हुँदै सेमिफाइनबाट बाहिरिएको हो।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको कास्कीले २४–२१ छँदा पनि लगातार पाँच अड्ढ विपक्षीले खासेपछि जीतनजिक पुगेको उसले दोस्रो सेट २६–२४ ले नवलपरासीलाई सुम्पियो। त्यसपछिको तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले कब्जामा पार्दै नवलपरासीले कास्कीलाई सेमिफाइनलमै रोकेको कास्की जिल्ला भलिबल सङ्घका उपाध्यक्ष एवं टीम मेनेजर खगेन्द्रप्रसाद गौचनले जानकारी दिए।
अर्को खेलमा स्याङ्जाले बागलुङलाई सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। फाइनलखेल आइतबार हुनेछ।
प्रतियोगितामा विजेता टीमले नगद ७५ हजार तथा उपविजता टीमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।यस्तै गाविसस्तरीय महिला भलिबल प्रतियागिता पनि शनिबारदेखि सञ्चालन हुने भएको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ५० हजार र उपविजेता टीमलाई ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।