उसु प्रशिक्षक भुजेललाई आर्थिक सहयोग

Manoj Shiama
12 November, 2017 7:55 am

 मार्सल आर्ट अर्गनाइजेसन नेपाल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुले आगलगीमा आफ्नो घर गुमाएका उसु स्वयंसेवक प्रशिक्षक शंकर भुजेललाई शनिबार आर्थिक सहयोग उपलब्ध गराएका छन् । मार्सल आर्ट अर्गनाइजेसनका अध्यक्ष राजिव महर्जन र काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रदीप बोगटीले भुजेललाई १ लाख ८६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।सहयोग रकममा ५० हजार मार्सल आर्ट अर्गनाइजेसन नेपालले उपलब्ध गराएको हो भने बाँकी रकम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडी, विभागीय टोलीका उसु खेलाडी, राखेपका उसु प्रशिक्षकका साथै काठमाडौं, ललितपुर र भक्तपुरका स्वयंसेवक उसु प्रशिक्षकहरुबाट संकलन गरिएको बताइएको छ । काभ्रेको पनौती निवासी भुजेलको घर गत असोज २ गते आगलागीका कारण ध्वस्त भएको थियो ।सोही अवसरमा नोभेम्बर १ देखि १० तारिखसम्म उसु खेलाडीलाई प्रशिक्षण दिएका इरानका उसु प्रशिक्षक कस्रा फोरोगहिफरलाई पनि सम्मान गरिएको थियो ।