नेपाललाई मोरक्कोमा दुई स्वर्ण
उत्तर अफ्रिकी देश मोरक्कोको जागोरा सहरमा आयोजना भएको विश्व मार्सल सेल्फ डिफेन्स च्याम्पियनसिपमा नेपालले २ स्वर्ण र ३ रजत पदक प्राप्त गर्न सफल भएको छ ।
मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्सका अध्यक्ष डिबि रानापालका अनुसार पुरुष ७२ केजी तौल समूहको दुई छुट्टा छुट्टै खेलमा अर्जून रोक्काले आयोजक मोरक्कोका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् । यस्तै महिला ६५ केजी तौलमा सञ्जु महर्जनले दुई छुट्टा छुट्टै खेलमा पोर्चुगल संग फाईनलमा पराजित हुर्दै दुई रजत पदक प्राप्त गरिन् । पुरुषकै ५८ केजी तौलमा ङवाङ केश्याङ लामाले तान्जानियाका खेलाडी संग पराजित हुंदै रजत पदक प्राप्त गर्न सफल भए ।
नेपालमा स्थापना भएको छोटो समयमा नै मार्सल सेल्फ डिफेन्सका खेलाडीहरुले पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा पदक हात पार्न सफल भएका छन् । प्रतियोगिता मंसिर २९ देखि पौष २ गते सम्म आयोजना भएको थियो ।