माओवादी निकट खेलकर्मीबाट पूर्व इन्चार्जलाई बधाइ
अखिल नेपाल खेलकुद महासंघका पदाधीकारीहरुले प्रतिनिधीसभा सदस्यमा रोल्पाबाट निर्वाचीत सांसद बर्षमान पुनलाई बधाइ ज्ञापन गरेको छ । भेटकै क्रममा खेलकुद अधीकारीहरुले अब बन्ने बामगठबन्धनको सरकारले खेलकुदलाई नयाँ दिसा दिने अपेक्षा रहेको बताए । यस क्रममा नेता पुनले पनि खेलकुदको विकासका लागि प्रतिबद्धता जनाए । बि.स २०६३ मा अखिल नेपाल गणतान्त्रीक खेलकुद महासंघको प्रभाव अत्याधीक रहँदा पुन माओबादीका खेलकुद इन्चार्ज थिए ।
महासंघका महासचिव काली बहादुर घर्ती मगरले नेपाली खेलकुदमा पुनको भुमिका महत्वपूर्ण रहने बिश्वास रहेको बताए । नेपालमा धेरै राजनितीक दलको भातृसंगठन भए पनि माओबादी केन्द्रको जनबर्गीय संगठनमा खेलकर्मीहरुकै अत्याधीक प्रभाव रहनु महत्वपूर्ण मानीएको छ । यसकारण, महासंघ नेतृत्व सरकारसंग समन्वय गर्दै खेलकुदलाई सुधारको बाटोमा लैजान सफल हुने बिश्वासमा पुन रहेको पनि घर्तीले बताए ।
महासंघ तेक्वान्दोकर्मी शिब कोइरालाको नेतृत्वमा रहेको छ । महासंघका प्राय पदाधीकारी पनि नेपाली खेलकुदमा परिचित नामहरु हुन् ।