इन्डो–नेपाल कराते शनिबार
नेपाल सितोरियो कराते डो संघ, नव शान्ति शाखा डोजोको आयोजनामा १५ औं इन्डो–नेपाल कराते तथा किक बक्सिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा नेपालबाट २०५ पुरुष र ७६ महिला गरी जम्मा २ सय ८१ खेलाडीको सहभागिता रहने डोजो प्रमुख राजेन्द्रकुमार ओझाले जनाएका छन् । भारतबाट ३० खेलाडीले भाग लिने छन् ।
जम्मा ३० स्पर्धामा भिडन्त हुनेछ । करातेतर्फ पुरुषमा १४ र महिलामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । किक बक्सिङको पुरुष÷महिलामा क्रमशः ४ र २ स्पर्धा समावेश छन् ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख २५ हजार खर्च हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु मनमैजुमा हुनेछ । विगतका चौध वटै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।