नेपाली टोली दोश्रो
बंगलादेशको ढाकामा भएको अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली कराते टोलीले दोश्रो स्थान हात पारेको छ । प्रशिक्षक सानोबाबु गीरीले दिएको जानकारी अनुसार नेपालले सात स्वर्ण, ५ रजत तथा दुइ काश्य पदक हात पारेको हो । राजु गीरीले ६० किलो तौल समुह र कातामा स्वर्ण पदक जिते । रेन्जिन लामाले ५० किलो तौल समुहमा स्वर्ण तथा काताका रजत पदक जिते । फुर्सांग वाइवाले ६७ तथा विजय अधीकारीले ७० किलो समुहमा स्वर्ण पदक जिते । ओम्पु लामाले ७५ किलोमा रजत र दिपक लामा ७० केजीमा रजत जिते । सिनीयर कातामा बलराम मित्रले स्वर्ण, सानोबाबु गीरीले रजत तथा पेम्बा तामाङले काश्य जिते ।